विराटनगर, साउन १४
विराटनगर महानगरपालिकाको बिपद ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभाहलमा बसेको बैठकका सहभागी सदस्यहरुले बर्षायाममा हुनसक्ने बाढी र डुबानको समस्या समाधान गर्न तम्तयार रहनुपर्ने सुझाव दिएका छन ।
नेकपाका नगर संयोजक नमिता न्यौपानेले बाढी र डुबानको समयमा आवश्यक पर्नसक्ने जनशक्ति र श्रोतसाधनको पर्याप्त बन्दोबस्त गर्नुपर्ने बताइन । उनले विपद जुनसुकै कारणले जुनसुकै समयमा आउनसक्ने भएकाले हरदम तयार अवस्थामा रहनुपर्ने बताइन ।
नेपाली कांग्रेसका नगर सचिव प्रकाश दाहालले बाढी र डुबानको समस्या हुनसक्ने मुख्य ठाउँहरुको पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने विचार ब्यक्त गरे । यस्तै कार्यक्रमका अन्य सहभागिले पानी जम्न सक्ने ठाउँहरुमा उचित निकासको ब्यवस्था गरेर जोखिम कम गर्न सकिने सुझाव दिएका थिए ।