बीपी प्रतिष्ठानमा कोरोना उपचार गर्न ६० हजार धरौटी राख्नुपर्ने

५ कात्तिक ७७, बिहीबार

६ कार्तिक, सुनसरी ।
कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ ।

यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले कात्तिक ५ गते साँझ सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा शुल्क तोकिएको जनाएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार कोरोना परीक्षण र उपचार शुल्क तोकिएको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

महामारी, सरुवा रोगको निःशुल्क उपचारलाई संविधानमै मौलिक हकका रूपमा व्याख्या गरिएकोमा प्रतिष्ठानले कात्तिक ८ देखि लागू हुने गरी उक्त शुल्क निर्धारण गरेको हो ।

यसअनुसार प्रतिष्ठानमा पीसीआर जाँच शुल्क २२ सय, लक्षण नदेखिएका संक्रमितको उपचार गर्न ७ हजार रुपैयाँ, हल्का लक्षण भएकाले १२ हजार रुपैयाँ, मध्यम लक्षण भएकाले ३५ हजार रुपैयाँ र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

यसै गरी लक्षण नभएकाको उपचार शुल्क दैनिक २ हजार, हल्का लक्षण भएकाको ३५ सय, मध्यम लक्षण भएकाको ७ हजार ५ सय र गम्भीर संक्रमितको दैनिक १५ हजार तोकिएको छ ।

आर्थिक रूपले विपन्न, अशक्त, असहाय, अपांगता भएका र ज्येष्ठ नागरिकको कोरोना संक्रमणको उपचार गर्नुपरे सिफारिस र परिचयपत्रको आधारमा निःशुल्क पीसीआर जाँच गर्ने उल्लेख छ ।

तर उपचार शुल्कबारे सूचनामा खुलाइएको छैन । ‘सरकारले दिएको निर्देशन मानेको हो । मैले आफैं शुल्क तोकेको होइन,’ अस्पताल निर्देशक साहले भने, ‘सरकारले नै कोरोना संक्रमितको उपचार आफैं बेहोर्नुपर्ने भनेको छ ।’(यो समाचार कान्तिपुरमा प्रकाशित छ)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top