बीस लाख डोज खोप दुई साताभित्र नेपाल भित्रिने

७ चैत, काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रिने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो । अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ ।

किस्ताबन्दीमा कहिले पठाउँछ भन्ने विषय तय नरहेको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । उनका अनुसार भारतबाट आउने खोप भने दुई साताभित्रै ल्याउने गरी नेपालले कुराकानी अगाडि बढाएको हो ।

Advertisement

हाल नेपालमा स्थगित भएको खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

अहिलेसम्म १७ लाख जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top