‘बी’ डिभिजन लिग फुटबल आजदेखि

0SHARES

११ फाल्गुन २०७७ नेपाल टाईम्स

११ फागुन, काठमाडौँ ।
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन्।

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो। लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईले जानकारी दिए।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।(रासस)

विज्ञापन बक्स