बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते

२१ भदाै, लन्डन।
बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ ।
इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मध्य राति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।”

उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ भएको जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

Advertisement

तर आक्रमणका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पठाउने तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपतकालीन सेवाहरूलाई घटनास्थलमा उपलब्ध गराइएको प्रहरीले बताएको छ ।

बेलायती टेलिभिजन च्यानलमार्फत् सार्वजनिक घटनास्थल वरपरको दृष्यमा प्रहरीले घेराहाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ ।

घटनाबारे थप जानकारी सङ्कलन गर्न प्रहरी तथा अनुसन्धान अधिकारी घटनास्थलमा तैनाद रहेका तर अहिल्यै घटनाबारे थप सूचना दिइहाल्न असम्भव भएको प्रहरीले बताएको छ ।

अहिले नै घटनाको प्रकृति र कारणबारे अनुमान गर्नु ठीक नहुने प्रहरीले बताएको छ ।रासस / एएफपी

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top