बैंकको ब्याजदर सस्तिँदा शेयर बजारमा हरियाली

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, काठमाडौँ ।
बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३ सय ३५ दशमलव ६२ अंकमा बन्द भएको छ ।

नेप्से परिसूचक बढ्नुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ । बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण शेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशत भन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ । सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

यसबाहेक बैंक तथा वित्तीय संस्था लगायत नेप्सेमा सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरु प्रकाशित भइराखेको र अधिकांश कम्पनीहरुको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् । त्यसैले बजारमा लगानी भित्रिदा शेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ ।

Advertisement

आज (बुुधबार) पनि बजारमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँ बराबरको १ कारोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका समूह मध्ये फाइनान्स समूह बाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् ।

बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ । बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार ९ सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको शेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रुपैयाँ बढीको भएको छ ।

Advertisement

यस बाहेक १५ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार हुने कम्पनीहरुमा एनआइसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । ९ प्रतिशत भन्दा माथि शेयर मूल्य बढ्ने कम्पनीहरुमा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, बिसाल बजार कम्पनी, एनआइसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लगातका रहेका छन् ।

बजार बढेपनि आइसीएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top