बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मृत फेला

४ मंसिर ७७, शुक्रबार

५ मंसिर, बैतडी । बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको पुर्चाैडी नगरपालिका ६ को मुडेलीधार खोलाको खानेपानी मुहानमा मरेका गाई फेला परेका हुन् ।

खानेपानी मुहानमा मरेका गाई भेटिएपछि सो क्षेत्रका स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले घटनाबारे थप अनुसन्धानका लागि दुई प्रहरी टोली परिचालन गरी घटनास्थलमा पठाएको बताएका छन् ।

पुर्चौडी नगरपालिकाका नगर प्रमुख रण बहादुर कुँवरले पनि घटनाबारे थाहा पाएपछि नगरपालिकाको टोली घटनास्थलमा गएको बताए।

Advertisement

उनले उपप्रमुखको टोली मरेका गाईहरूको बारेमा जाँचबुझको लागि घटनास्थलमा गएको बताए।

घटनास्थल पुर्चौडी नगरपालिकाको कार्यालयबाट ५ घण्टा टाढा पर्छ।

खानेपानी मुहानमा मरेका गाई फेला परेपछि खानेपानी दुर्गन्धित बनेको सो क्षेत्रका स्थानीयहरूको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top