ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजार बढीको मृत्यु

२५ चैत, एजेन्सी । ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार एकैदिन चार हजार १९५ संक्रमितको मृत्यु भएको हो ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को कारण संक्रमण उल्लेख्य संख्यामा बढेको बताइएको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले निरन्तर सामाजिक गतिविधिमा प्रतिबन्धको नियमको विरोध गर्दै आएका छन् । उनी कोरोनाबाट बच्न मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न नसकिने अडानमा छन् ।

Advertisement

ब्राजिलमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड ३० लाख नाघेको छ । गत मार्च महिनामा मात्र ब्राजिलमा कोरोनाको कारण ६६ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

कोरोना संक्रमण बढ्नुको असर अहिले ब्राजिलका अस्पतालहरुमा पनि देखिएको छ । ब्राजिलका अस्पतालका करिब ९० प्रतिशत आईसीयू भरिइसकेका छन् ।

Advertisement

यस्तै केही राज्यमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । अवस्था बिग्रँदो भएपनि ब्राजिलका केही राज्य तथा शहरले सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटाइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top