Nepal Times
Nepal Times
3
Shares

ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए

ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए

१ मंसिर, काठमाडौँ ।

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना बराबरीमै राेकिएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने । आजको खेलमा ब्राजिलियन स्ट्राइकर नेयमार जुनियर भने मैदानमा उत्रिएका थिएनन् । प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाएका हुन् ।

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिना समान खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा छ ।

अर्जेन्टिना भने विश्वकपमा छनाेट हुन अर्काे खेल कुर्नुपर्ने भएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.