भत्ता रोकिएपछि खोलाडीले मन्त्री गुहारे

२२ पुस, काठमाडाैँ ।
गत साउन देखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो । ज्ञापन पत्र बुझे पछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताए ।

Advertisement

गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको कार्यक्रममा जानकारी दिए ।

Advertisement

आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top