भरतमोहन अधिकारी अस्पताल भर्ना

२५ माघ ७५, शुक्रबार
Share this
732shares

काठमाडौँ, माघ २५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ ।

Advertisement

उनको श्वासप्रश्वास लगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

Advertisement

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए ।

उनका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेका छन् । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top