भारतको महाराष्ट्रमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू

१५ चैत, एजेन्सी । भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी लगाइएको छ।

कोरोनाभाइरसको संक्रमण बढेपछि महाराष्ट्र सरकारले राति ८ देखि बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहनेछ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले शुक्रबार आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी गर्ने घोषणा गरेका हुन्।

Advertisement

महाराष्ट्र सरकारले बगैंचा, समुद्री किनारालगायत सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला नहुन पनि भनेको छ। त्यसको उल्लंघन गरे एक हजार भारूसम्म जरिवाना तिराइने छ।

सिनेमा हल, मल, अडिटोरियम र रेष्टुरेन्टहरू पनि बन्द रहनेछन्। कर्फ्यूको समयमा होम डेलिभरी र टेक अवे भने सुचारू रहनेछन्।

Advertisement

भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोनाभाइरसको संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक यो भाइरसको संक्रमणबाट एकैदिनमा यति धेरै मानिसहरूको ज्यान गएको हो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ। शनिबारमात्रै त्यहाँ ६२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या पछिल्ला १६३ दिनमा सबैभन्दा धेरै हो। अहिले भारतभरि सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार छ। आइतबारपछि यो संख्याले ५ लाखको सीमा पार गर्नेछ।

भारतका महाराष्ट्र, छत्तीसगढ, गुजरात, हरियाणा, कर्नाटका, दिल्लीलगायत १५ राज्यमा कोरोना संक्रमित बढिरहेका छन्।

पछिल्लो समय भारतमा कोरोनाविरूद्धको भ्याक्सिन लगाउने क्रम तीव्र रूपले चलिरहेको भए पनि विभिन्न भेरियन्टको कोरोना भाइरस फैलिरहेको छ।

भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने १ लाख ६१ हजार जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top