भारतमा एकैदिन ९३ हजारभन्दा बढीलाई कोरोना संक्रमण

२३ चैत्र, एजेन्सी ।
पछिल्ला दिनमा भारतमा संक्रमण दर अत्याधिक बढेको छ।

यससंगै भारत फेरि एकपटक कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’ बनेको छ। शनिबार मात्रै भारतमा ९३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै शनिबार कोरोना संक्रमणबाट भारतमा थप ५ सयको मृत्यु भएको छ । यो संख्या शनिबारको तथ्यांकबमोजिम विश्वकै बढी हो ।

Advertisement

भारतमा डिसेम्बर ४ यता एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो उच्च संख्या हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २४ लाख पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार नाघेको छ ।

संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख निको भएका छन् । भारतमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणको नयाँ केसको औसत हेर्ने हो भने पनि त्यो विश्वकै बढी देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन कोरोनाबाट ९० हजारभन्दा बढी संक्रमित गत सेप्टेम्बर महिनामा पुष्टि भएको थियो ।

त्यस्तै गत नोभेम्बर–डिसेम्बर महिनामा एकैदिन कोरोनाबाट मृत्यु हुनेको संख्याको ५ सय पुगेको थियो । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो स्थानमा छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा भन्दा ब्राजिलमा झण्डै ६ लाख बढी संक्रमित छन् भने पहिलो स्थानमा रहेको अमेरिकामा ३ करोड ६ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top