भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

१३ मंसिर ७७, शनिबार
Share this
736shares

१३ मंसिर, एजेन्सी।
भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ । यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितमध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोनामुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यका रुपमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top