भारतमा कोरोना सङ्क्रमण बढेपछि चार धाम यात्रा रद्द

१५ बैशाख ७८, बिहीबार

१६ बैशाख, काठमाडौ । भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ ।

आउँदो मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिएकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना सङ्कटलाई मध्यनजर गर्दै यसपालिको चार धाम यात्रा रद्द गरिएको मुख्यमन्त्री रावतले बताए । उनले चार धाम मन्दिरमा त्यहीँका पुजारीले मात्रै दैनिक हुने नित्य पूजा मात्रै गर्ने बताए ।

Advertisement

उत्तराखण्डमा रहेको चार धाममा बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र यमुनोत्रीको दर्शनका लागि भातबाहिरबाट पनि हजारौँ यात्री पुग्ने गरेका छन् । तर यसपालि कोरोनाका कारण यात्रा रद्द भएको छ ।

भारतमा गएको २४ घण्टामा मात्रै तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै यो अवधिमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

Advertisement

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८३ लाख ६८ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण दुई लाखभन्दा धेरैको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top