२५ जेष्ठ, एजेन्सी ।
कोरोना संक्रमणको सुनामी खेपेको भारतमा पछिल्ला दिनहरु राहतपूर्ण हुँदै गएका छन् ।
त्यहाँ दैनिक कोरोना संक्रमित भेटिनेको संख्यामा उलेख्य कमि आएको छ भने मृतकको संख्या पनि लगातार ओरालो लागिरहेको छ। ६३ दिनपछि भारतमा चौबिस घण्टामा एक लाख भन्दा कम संक्रमित थपिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८६ हजार ४ सय ९८ संक्रमित फेला परेका छन्। यो अवधिमा २ हजार १ सय २३ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै चौबिस घण्टामा १ लाख ८२ हजार २ सय ८२ जना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।
अहिलेसम्म भारतमा २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण भएको र त्यसमध्ये २ करो८ ७३ लाख ४१ हजार ४ सय ६२ जना संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ।
मृतकको संख्या ३ लाख ५१ हजार ३ सय ९ पुगेको छ। हाल भारतमा १२ लाख ३ हजार ७०२ सक्रिय संक्रमित रहेका छन्।
अहिलेसम्म २३ करोड ६१ लाख ९८ हजार ७ सय २६ जना भारतीयलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो खुराक दिइएको छ।