भारतमा हुने मैत्रीपूर्ण खेलका लागि यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ,भदौ २२
आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका लागि भारतमा हुने मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको घोषणा गरिएको छ ।यसै महिना भारतको लखनाउमा हुने यू–१९ मैत्रीपूर्ण प्रतियोगिताका लागि आसिफ शेखको कप्तानीमा रहेको टोलीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

मैत्रीपूर्ण प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ । आयोजक भारत, अफगानिस्तान र नेपालको यू–१९ टोलीसँगै भारतको नेसनल क्रिकेट एकेडेमी (एनसीए) को टोलीले पनि यस प्रतियोगितामा सहभागिता जनाउनेछ । अफगानिस्तान यू–१९ एसिया कपको पछिल्लो संस्करणमा पाकिस्तानलाई फाइनलमा पराजित गर्दै विजेता बनेको थियो ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै घर फर्केपनि त्यसबेला समूह चरणमा भारतलाई हराउँदै साविक विजेता भारतको यात्रा समूह चरणमा नै अन्त्य गरेको थियो । यसपटक पनि टोली कम्तिमा सेमिफाइनल पुग्ने लक्ष्यसहित बंगलादेश प्रस्थान गर्नेछ । यस मैत्रीपूर्ण प्रतियोगिताले टोलीको तयारीमा थप सहयोग पुग्ने छ ।

Advertisement

एसिया कपको समूहमा नेपालसँगै साविक विजेता अफगानिस्तान, भारत र युएई रहेका छन् । अर्को समूहमा पाकिस्तान, श्रीलंका, आयोजक बंगलादेश र हङकङ रहेका छन् । नेपाली टोलीमा पछिल्लोपटक यू–१९ एसिया कप खेलेका ६ खेलाडी रहेका छन् ।

यस्तो छ नेपाली टोली

Advertisement

आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी, सम्साद आलम

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top