भारतमा २४ घण्टामा संक्रमणका कारण ४२ सय बढीको मृत्यु

७ जेष्ठ, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा थप २ लाख ५९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६० लाख नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ३० हजारभन्दा धेरै छ । महाराष्ट्रमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा कर्नाटकमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।

पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आएको देखिएको छ । यद्यपि, कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन ।

भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३० लाखमा झरेको छ । भारतमा अहिलेसम्म १९ करोड १८ लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइसकिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top