भारतले अब ४५ वर्षमाथिकालाई मात्रै कोरोना खोप लगाउने

२२ चैत, काठमाडौँ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य र प्रदेशहरूमा स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई खोप लगाउन दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

मानिसहरुले अनुचित रुपमा लाभग्राहीको सूचीमा नाम दर्ता गराएको भन्दै तत्कालका लागि खोप दर्ता नगराउन निर्देशन दिएको हो । अब ४५ वर्षमाथिका व्यक्तिहरुलाई मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाइने भारतको केन्द्रीय सरकारले जनाएको छ ।

पहिले नै लाभग्राहीको सूचीमा दर्ता भइसकेका स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई भने खोप लगाउन आग्रह गरिएको केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले जानकारी दिए ।

Advertisement

यसैबीच, भारतमा पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ९३ हजार कोरोना सङ्क्रमित थपिएका हुन् ।

योसँगै जम्मा कोरोना सङ्क्रमितको संख्या १ करोड २४ लाख ८४ हजार पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५१४ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ६ सय ५५ पुगेको छ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top