भारतविरुद्ध नेपालको ऐतिहासिक जित,सावित्राले गरिन् दुई गोल

काठमाडौँ, माघ २९
हिरो गोल्डकपको दोस्रो खेलमा नेपाली महिला टिमले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा सोमबार भएको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले पराजित गरेको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको यो पहिलो जित हो ।

सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको थियो । खेलको पाँचौँ मिनेटमा नेपालले अग्रता लिएको थियो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिंदै गोल भयो ।

फेरी सातौँ मिनेटमा मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरिन् ।

Advertisement

भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरिन् । नेपालले यस जितसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । नेपाल पहिलो खेलमा म्यानमारविरुद्ध ३–० ले पराजित नेपाल भएको थियो ।

Advertisement

भारतले पहिलो खेलमा इरानलाई १–० ले पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएपछि अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ ।

अंक तालिकाको शीर्ष स्थानमा म्यानमार रहेको छ । म्यानमारको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपाललाई ३–० ले पराजित गरेको म्यानमारले सोमबारको पहिलो खेलमा इरानलाई २–० ले पराजित गरेको थियो ।

नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top