भारतसँगको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

१६ जेठ, काठमाडौँ ।
भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकले भारतसँगको सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गराउन निर्देशन दिएको हो ।

सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिमा भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले नेपालको तर्फबाट दशगजामा निर्माण भएका संरचना खाली गर्नुपर्ने र भारततर्फबाट निर्माण भएका संरचना पनि हटाउन पहल गर्नका लागि सरकारलाई निर्देशन दिएकी हुन् । ‘नेपाल र भारत दुबैतर्फका हटाउन आवश्यक छ । नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका पनि हटाउन आवश्यक छ । यसका लागि सरकारले आवश्यक समन्वय गर्नेछ’ बैठकको निणर्य सुनाउँदै समिति सभापति शशी श्रेष्ठले भनिन ।

Advertisement

सांसदहरूले भारतसँगको सीमामा बस्ती भएको र संरचना निर्माण भएकाले सीमा समस्या भएको तथा नेपाली भूमि भारतीय बाँधले डुबान पारेको बताएका थिए ।

सीमा क्षेत्रमा नापी, भन्सार, स्वास्थ्य, शिक्षा संरचना निर्माण गर्नका लागि पनि सरकारलाई समितिले निर्देशन दिएको छ । नेपाली नागरिकलाई सुविधा दिनका लागि तत्काल त्यस्ता संरचना निर्माणमा अगाडि बढ्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

Advertisement

संसदीय समितिले सीमा रक्षाको लागि सशस्त्र प्रहरीलाई जिम्मा दिने कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ । सीमा स्तम्भको दूरी र सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या बढाउन पनि समितिले निर्देशन दिएको छ । सीमा रक्षा गर्नका लागि सरकारलाई पर्याप्त साधन, स्रोत उपलब्ध गराउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

यसैगरी, समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षंण गराएको छ । निर्देशन समिति सदस्यहरुलाई सुनाउँदै उनले भनिन् ‘ठूला नदीमा सीमा स्तम्भ बन्नुर्पयो । भारत सरकारले नबनाए नेपाल सरकारले आफैँ बनाउनुर्पयो ।’

समितिले सीमा क्षेत्रका नागरिकको समस्या ख्याल गर्न र उनीहरुलाई दिने सेवा सुविधामा ध्यान दिन निर्देशन पनि दिएको छ । कालापानी लिपुलेक क्षेत्रका जनताप्रति लक्षित गर्द समितिले यसो भनेको हो । सीमा समस्यालाई अन्तर्रा्ष्ट्रियकरण गर्दा सम्बन्धित क्षेत्रका नागरिकले भारतमै बस्छु भन्ने अवस्था आउन नदिने गरी सरकारले आफ्ना कदम चाल्नुपर्ने समिति सदस्यहरुको भनाइ थियो ।

भारतसँग सीमा विवाद बढिरहेका बेला संसदीय समितिले यस्तो निर्देशन दिएको हो । भारतले दार्चुलाको लिपुलेकमा सडक निर्माण गरेपछि नेपाल र भारतबीचको सीमा विवाद बढिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top