×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

भारतसँगको वार्तामा लिम्पियाधुरा हकभोगको विषय उठाऊन संसदीय समितिको निर्देशन

१९ मंसिर २०७७

१९ मंसिर, काठमाडौँ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले  भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूमिमा नेपालको हकभोग कायम गर्ने विषयलाई नेपाल-भारतको परराष्ट्रमन्त्रीहरू रहेको ज्वाइन्ट कमिसनको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको छ ।

Advertisement
Advertisement

नेपालले ती क्षेत्र समेटेर नक्सा जारी गरेको तर त्यहाँ भारतीय सेना तैनाथ रहेकाले दुवै मुलुकको संयुक्त उच्चस्तरीय समितिमा संवाद गरेर नेपालको हकभोग कायम गर्नुपर्ने सांसदहरूको धारणापछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उक्त निर्देशन दिएको हो ।

मितिको शुक्रबारको बैठकले भारतमा छिट्टै आयोजना हुन लागेको परराष्ठ्रमन्त्रीस्तरीय ज्वाइन्ट कमिसनको बैठकमा नेपालका तर्फबाट प्रस्तुत गर्ने एजेन्डाबारे निर्देशन दिएको हो । समितिले दिएको निर्देशनबारे सभापति पवित्रा निरौला खरेलले भनिन्, ‘नेपाल र भारतका बीचमा आगामी दिनमा हुने मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भू-भागमा भइरहेको अतिक्रमण रोकी ती क्षेत्रमा नेपालको हकभोग कायम गर्ने विषयलाई एजेन्डाका रूपमा प्रस्तुत गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन तथा सुझाव दिएका छौं ।’

संसदीय समितिले भारतसँग सम्बन्धित कूटनीतिक विषयमा प्रष्ट हुन पनि निर्देशन दिएको छ । दुवै मुलुकका प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतले बुझ्ने कुरालाई पनि एजेन्डाका रूपमा प्रस्तुत गर्न भनिएको छ । भारतलाई उक्त प्रतिवेदन बुझ्ने वातावरण बनाउनका लागि यथाशीघ्र कूटनीतिक वातावरण बनाउन निर्देशन दिइएको छ । समितिले नेपालले ईपीजीको प्रतिवेदन ग्रहण गरेको भनेपनि नेपाल सरकारले भने उक्त प्रतिवेदन बुझिसकेको छैन ।

ईपीजीले दुवै मुलुकका प्रधानमन्त्रीहरूलाई समान सँगसँगैजसो प्रतिवेदन बुझाउने तयारी गरिरहेको अधिकारीहरूले बताएका छन् । नेपाल उक्त प्रतिवेदन बुझ्न तयार रहेको भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीलाई समय उपलब्ध नगराएकाले नेपाल-भारत सीमालगायतका समस्या समाधान गर्ने सुझाव रहेको प्रतिवेदन थन्किएको छ ।

समितिले नेपाल-भारत सीमा क्षेत्रमा भारतद्वारा एकतर्फी रूपमा निर्माण गरिएका संरचनासँग सम्बन्धित यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन गर्ने विषयलाई पनि एजेन्डामा राख्न सरकारलाई निर्देशन दिएको छ । ‘दुई देशका सीमा क्षेत्रमा भारतद्वारा निर्मित बाँध लगायतका भौतिक संरचनाहरूले नेपालमा गर्ने डुबान र कटान अन्त्य गर्न यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन गर्ने,’ समितिको निर्देशनमा भनिएको छ ।

भारत र चीनसँगको व्यापार घाटा न्यूनिकरण गर्नका लागि सरकारलाई कूटनीतिक पहल गर्न पनि समितिले निर्देशन दिएको छ । दुई सरकारबीच हुने भ्रमणमा अन्तर्राष्ट्रिय समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चितता गर्नका लागि सरकारलाई समितिले सुझाव दिएको छ । ‘मन्त्रालयले आयोजना गर्ने द्विपक्षीय वा बहुपक्षीय उच्चस्तरीय भ्रमण र सम्बन्धित विविध कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको तर्फबाट प्रतिनिधित्व हुनेगरी सहभागिता गराउन सुझाव दिने,’ समितिको निर्णयमा भनिएको छ ।

Advertisement
Advertisement

बैठकमा सहभागी परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतका बीचमा रहेका सीमा विवादलाई केन्द्रमा राखेर मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएका थिए ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top