झापा, मंसिर २५
झापाको दमक नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु भएको छ ।
आज दिउसो करिब २ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको एच. आर. २७ जे ०६२५ नम्बरको भारतिय ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाईकल चालक मोरङ पथरी शनिश्चरे नगरपालिका–९ बस्ने वर्ष २९ को हेम चन्द्र गिरी र सोही मोटरसाईकलमा पछाडी सवार चालककै बाबु वर्ष ६५ को धन प्रसाद गिरी गम्भीर घाइते भएका थिए ।
घाईतेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक र्पुयाएकोमा दुबै जनाको उपचारकै क्रममा करिब साढे दुई बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्रक र ट्रक चालक भारत राजस्थान अल्भोर बस्ने वर्ष ६५ को सरीफ खान तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।