भारत सरकारविरुद्ध अनेरास्ववियूको चर्काे नाराबाजी

२१ कात्तिक ७६, शुक्रबार

२२ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ ।

नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

Advertisement

अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ । विरोध प्रर्दशनपछि आयोजित कोणमा सभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनु भएको हो ।

इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको नेपाल राष्ट्र, नेपाली जनता र युवा विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि संयोजक महरको भनाई छ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।

यसैबीच, नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुवावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top