भिजिट भिसामा खाडी देश र मलेसिया जान नपाउने नियम गृह मन्त्रालयले सच्यायो

१० माघ, काठमाडौं ।
भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएको छ ।

अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने मन्त्रालयले जनाएको छ । अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिनेछ ।

कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयकाअनुसार सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रस्थान अनुमति दिइने छ ।

यस्तै, नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक प्रतिनिधि, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आम्दानी भइ कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्ति पनि भ्रमणका लागि जान पाउने छन् ।

Advertisement

औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाबाट विशिष्ट कार्यका लागि जानुपर्ने आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनका लागि जाने म्यानपावर व्यावसायिक सञ्चालक वा आधिकारिक प्रतिनिधिलाई पनि प्रस्थान अनुमति दिइने मन्त्रालयले जनाएको छ

यस्तै, बिरामी कुरुवा वा बिरामीको रेखदेखका रूपमा जाने पारिवारिक सदस्यहरूले नेपाली राजदूतावासको पत्र लिएर भिजिट भिसा पाउन सक्नेछन् । भिटिज भिसामा जान सबैलाई रोक लगाउने यसअघिको निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top