भिडियो बनाउनुहोस् र जित्नुहोस १ लाखसम्म पुरस्कार

५ फागुन ७५, सोमबार

विराटनगर, फागुन ५
आफ्नो गाँउ ठाँउ र रितिरिवाजलाई प्रबद्र्धनगर्ने उद्धेश्यले भिडियो च्यालेन्ज हुने भएको छ । वि विल राईज फाउण्डेसनले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउने अभिप्राय सहित फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै भिडियो च्यालेन्ज प्रतियोगिता गर्न लागेको जनाइएको छ ।

भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागि हुन भिडियो निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि जुनै पनि एउटा बिषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने प्रावधान रहेको फाउण्डेशनका डाइरेक्टर निर्मल श्रेष्ठले जानकारी दिए ।

Advertisement

निर्माण गरिने भिडियो भने नेपालकै हुनु पर्ने प्रावधान रहेको बताइएको छ । कुनै पनि ब्यक्तिले आफुसंग रहेको क्यामरा स्मार्टफोन अथवा मोबाइलले समेत एचडी क्वालिटिमा भिडियो खिचेर डकुमेन्ट्रि निर्माण गरेर भिडियो च्यालेन्जमा सहभागिता जनाउन सक्ने बताएको छ ।

यस्तो भिडियो डकुमेन्ट्री अधिकतम ५ मिनेटको हुनु पर्ने आयोजक समितिले जनाएको छ । निर्माण गरिएको भिडियो वि विल राइज फाउण्डेसनलाई पठाउनुपर्ने प्रावधान छ । प्रतियोगितामा समावेश गराइएका डकुमेन्ट्री विज्ञ सम्मिलित टोलीले उत्कृष्टताका आधारमा छनौट गर्ने फाउण्डेशनका निर्मल श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

निर्णायकहरुवाट चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वा्धिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस एवार्ड’ प्रदान गरिने जनाइएको छ । निर्णायक समितिले भने उत्कृष्ट भिडियोको निर्णय गर्ने छन् ।

दुबै विधामा पहिलो हुने भिडियोले १–१ लाख रुपैंया नगद पुरस्कार पाउने छन् । यो वाहेक नेपाल फिल्म एकेडेमीले करिव २ लाख बराबरको छात्रबृत्ति समेत दिने जनाइएको छ । प्रतियोगितामा फष्ट रनरअप हुने भिडियोले ५० हजार र सेकेण्ड रनरअप हुने भिडियोले २५ हजार पाउने छ ।

यसैगरि सर्वोकृष्ट सम्पादन र सर्वोकृष्ट स्क्रिप्ट भएको भिडियोले पनि २५–२५ हजार रुपैंया प्राप्त गर्ने जनाइएको छ । जनवरी १ तारिखवाट शुरु हुने यो प्रतिस्पर्धा ४ महिनासम्म चल्ने आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top