भीरबाट टिपर खस्दा दुई जनाको मृत्यु

१ बैशाख ७८, बिहीबार

२ वैशाख, रसुवा ।
रसुवामा भीरबाट टिपर खस्दा दुई जनाको मृत्यु भएको छ ।

कालिका गाउँपालिका–१, ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर गएराति साढे १२ बजेतिर राम्चे स्याउबारीनजिकै भीरबाट दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी मृत्यु भएकाहरूमा २७ वर्षीय शिक्षक राजेन्द्र तामाङ र चालक २५ वर्षीय सागर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Advertisement

इलाका प्रहरी चौकी कालिकास्स्थानबाट खटिएको टोलीले गम्भीर घाइते दुई जनालाई उपचारका लागि बिहान ४ बजे रसुवा जिल्ला अस्पताल पुर्‍याएको थियो ।

दुर्घटनामा परेको टिपर कालिका–१ का अध्यक्ष मालफुर्पा तामाङको भएको प्रहरीले जनाएको छ । टिपरमा वडाअध्यक्ष तामाङ पनि रहेको बताइएको थियो ।

Advertisement

तर, उनी दुर्घटनास्थलमा नभेटिएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top