भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कडा कारबाही होस्- देउवा

१४ जेठ ७८, शुक्रबार
Share this
743shares

१४ जेठ, काठमाडौँ ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले जोखिम लिएर विरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउँदै घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका हुन् ।

Advertisement

‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।’

उनले भनेका छन्, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’

Advertisement

बिहीबार दाङका एक सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । साथै अस्पतालको आइसीयूकक्षमासमेत तोडफोड गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top