भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलितः कुटपिट गर्ने तीन जना पक्राउ, छानबिन समिति गठन

१४ जेष्ठ, काठमाडौं । कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् ।

उनीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन् । गएराति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उनले बताए । प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

कोभिडका बिरामीको क्षमताभन्दा बढी सङ्ख्यामा उपचार गर्दै आएको भेरीमा यसअघि पनि डाक्टर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top