भेरी अस्पतालमा डाक्टर र नर्स कुट्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

१३ जेठ ७८, शुक्रबार

१४ जेठ, बाँके ।

भेरी अस्पताल नेपालगञ्जमा डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतमाथि मुद्दा दर्ता गरिएको हो ।

Advertisement

भेरी अस्पतालमा दाङ तुलसीपुरका एक जना बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापर्बाही भएको दाबी गर्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।

डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु, नर्सिङ कर्मचारी सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई लखेटेर हातपात गरेको, कुटपिट गरेको अस्पतालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकमा घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिँदै सुरक्षा व्यवस्थापन गर्ने र डाक्टर र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काममा खटिन आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन पेस गर्ने भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top