मंसिर २९ मा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

१९ मंसिर, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारको कार्यशैली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो।

Advertisement

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

देशव्यापी हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने बताइएको छ। प्रर्दशनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थालाई समेत खटाइने भएको छ।

Advertisement

बैठकमा नेता पौडेलले तनहुँको घटनाक्रम बारे जानकारी गराएका थिए। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमै उद्घाटन गर्न नदिइएको नेताहरुलाई बताएका थिए।

व्यास नगरपालिकाममा बनेको पुल उद्घाटन गर्ने बुधबारको कार्यक्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच तनाव उत्पन्न भएपछि रोकिएको थियो। नेता पाैडेललाई प्रहरीले पक्राउ गरी ३ घण्टापछि छाडेकाे थियाे । बिहीबार पौडेलले नै उक्त पुल उद्घाटन गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top