मन्त्री पद गएसँगै गुरुङले भने – ‘समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु’

२२ जेठ, काठमाडौँ ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा (एमाले)का केन्द्रीय सदस्य गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गरेकामा स्वागत दिँदै नवनियुक्त मन्त्रीहरुलाई बधाई र कार्यकाल सफलताको कामना गरेका हुन् । उनले प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण व्यक्त गरे ।

Advertisement

उनले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता एवं त्यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे ।

कोभिड–१९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय रुपले गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरिएको स्पष्ट पनि गरेका छन् ।

Advertisement

उनले आफूले प्रधानमन्त्री ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देश प्रवाह हुन नदिन सचेततापूर्वक कार्यसम्पादन गरेको र परिणामस्वरुप १९ महिने कार्यकालमा कुनै पनि पक्षले नकारात्मक आलोचना गर्ने मौकाको अवसर लिन नसकेको जनाउँदै दोलखाबासी जनता, शुभचिन्तक, समर्थक र आफन्तले शिर झुकाउनु र पश्चाताप गर्नु नपरेको भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top