महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिले कमाए १.४ ट्रिलियन डलर सम्पत्ति

४ कात्तिक, बेइजिङ।
चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो ।

ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अरबपतिहरूको समूहमा थप २५७ व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ ।

उक्त अध्ययनले चीनमा हाल ८७८ व्यक्तिल अतिधनाड्य अर्बपतिको सूचीमा रहेका छन् । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६२६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिहरूको समूहमा अमेरिका नै अग्रस्थानमा रहेको थियो । चीनमा यो वर्षको अगस्टसम्ममा दुई हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग दुई अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए ।

Advertisement

प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करिब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेका प्रक्षेपण गरिएको छ । यो अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्षमा अनलाइन व्यापारबाट मात्रै ५८.८ अर्ब सम्पत्ति जोडेका उल्लेख गरिएको छ ।

अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीका बीच पनि थप ५० प्रतिशत अर्थात् ५७.४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख गरिएको छ ।

Advertisement

चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसानले ५३.७ अर्ब अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अतिधनाड्य सूचीमा तेस्रो स्थानमा पर्न सफल भएका छन् । “विश्वले यति धेरै सम्पत्ति केवल एक बर्षमा आर्जन गरेको देखेको छैन,” हुरुन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता रुपर्ट हूगेवर्फले एक विज्ञप्तिमार्फत् उल्लेख गरे । यस बर्षको सूचीले चीन निर्माण र घर जग्गाजस्ता ‘परम्परागत क्षेत्रहरू’बाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उनले बताए ।

खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंगले आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२ औं स्थानबाट १३ औं स्थानमा पुग्नुभएको छ भने अनलाइन शपिंग सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियुले आफ्नो पैसाको दोब्बर २३.५ अर्ब डलर कमाउन सफल भएको देखिन्छ ।

यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीहरूले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।

माथि उल्लेखित कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड–१९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादन कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यसबर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको बताएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top