महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत

१ जेठ ७८, आइतबार

२ जेठ, जनकपुर ।

पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणविरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।

Advertisement

ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिए । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन् । सो क्रममा उनले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गरे ।

Advertisement

मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।

त्यस्तै मुख्यमन्त्री राउतसहितको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका सङ्क्रमितको अवस्था र उपचारमा भइरहेको समस्याबारे जानकारी लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top