माउन्टेन इनर्जीले ४० करोडको आईपीओ निष्कासन गर्ने

२२ भदौ ७५, शनिबार

काठमाडौं,भदौ २३
माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको माउन्टेन इनर्जीका सञ्चालक सुब्रत धितालले बताए ।

आईपीओमा जान केयर नेपाल लिमिटेडले रेटिङ गरिरहेको उनले सुनाए । यस्तै आईपीओ निष्कासनमा सीबीआईएल क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुत्त भइसकेका छन् । माउन्टेन इनर्जीले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गरेको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गरेको हो ।

आउदो बिहीबारदेखि माउन्टेन इनर्जीको नाममा एकिकृत कारोबार हुने भएको छ । कम्पनी रजिष्टारको कार्यालयले गाभिन स्वीकृति दिएपछि एकिकृत कारोबार हुन लागेको माउन्टेन इनर्जीले जनाएको छ । एउटै समूहका कम्पनी भएकाले गाभिएको धितालले बताए । माउन्टेन इनर्जी होल्डिङ कम्पनी भएकाले आईपीओ निष्कासन गर्न नपाउने भएपछि मर्ज गरिएको उनले स्पष्ट पारे ।

Advertisement

रोवष्टले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युुत आयोजना निर्माण गरिरहेको छ । आधिशत्ति विद्युत विकासले नुवाकोटमा ५ मेगावाट क्षमताको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ । यस्तै माउन्टेन इनर्जीको नाममा १२ मेगावाटको मिस्त्रीखोला २ आयोजना रहेको छ । ३ वटा आयोजना गाभिएपछि माउन्टेन इनर्जीको जडित क्षमता ६० मेगावाट पुग्ने छ ।

मिस्त्री आयोजनाको काम आउदो सन् २०१९ को मार्चमा आयोजनाको काम सक्ने लक्ष्य लिएको छ । ५ मेगावाटको तादीखोला आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । १२ मेगावाटको आयोजना मिस्त्री सम्पन्न भएपछि सुरु गर्ने लक्ष्य माउन्टेनको छ ।
नेपाल विद्युत प्राधिकरणले कालिगण्डकी करिडोरमा प्रसारणलाइन निर्माणमा ढिलाइले निर्धारित समयमा आयोजनाको काम सकिए पनि प्रसारणलाइन नबन्दा बिजुली प्रवाह नहुने संभावना बढेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top