माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै

७ जेष्ठ, काठमाडौँ । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिएका छन् ।

बैठकमा अहिलेको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ ।

Advertisement

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ बुढानिलकण्ठ पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न ‘प्रचण्ड’ केहीबेरअघि त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि यतिबेला दलहरु छलफलमा जुटेका छन् ।

Advertisement

यसअघि शुक्रबार नै बसेको कांग्रेस पदाधिकारी बैठकमा राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे छलफल भएको थियो।

यस्तै आज कांग्रेसको आव्हानमा बस्न लागेको सर्वदलीय बैठकमा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top