माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ पठाइरहनुको औचित्य छैनः मन्त्री आङबुहाङ

१९ चैत, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् ।

‘जवाफ पठाइरहनुको औचित्य छैन अब पठाउँदा पनि केही हुनेवाला छैन,’ उनले भने, ‘अर्काे दलमा गइसकेका कारण विधान अनुसार उहाँहरुले गर्नुभएको हो, पत्रको जवाफ दिने, नदिने कुराले के औचित्व राख्छ र ?’ उनले स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको बताए ।

Advertisement

दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताए ।

‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ (१) र ३२ (२) खको प्रतिकूल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’

Advertisement

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठक अघि नै पदमुक्त गर्ने तयारी माओवादीले गरेको छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जवाफ नआए पदमुक्त गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराउने बताए । पदमुक्त भए उनी सांसदको हैसियतमा प्रदेशसभा बैठकमा सहभागी हुन पाउने छैनन् ।

२३ गतेको प्रदेशसभा बैठक अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनले बताए । बैठक शुरु भएपछि अविश्वासको प्रस्ताव पनि फिर्ता लिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top