माग पूरा भईसके केसीले सत्याग्रहमा बस्नु पर्दैनः प्रदीप ज्ञवाली

१५ असाेज, काठमाडाैँ ।
सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नु भएका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्याग्रहमा बसेर डा. केसीले राखेका चिकित्सा शिक्षा सुधारको सबै माग पूरा हुने चरणमा रहेकोले सत्याग्रह तोडन आग्रह गरेका हुन् ।

डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिन देखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाडौंको त्रि.वि. शिक्षण अस्पतालमा रहेका छन् । मन्त्री ज्ञवालीले डा. केसीले उडाएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताए । डा. केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी ऐन बनाई त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उनले बताए ।

Advertisement

त्यस्तै चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरु खोल्न राखेको माग अनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताए । अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उनले बताए ।

पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाई हाल सम्म १० लाख बढीको परीक्षण भइसकेकाले काेभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दवाव नदिन मन्त्री ज्ञवालीले आग्रह गरे ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top