माथिल्लो तामाकोसीमा पानी खसालियो, उद्धाटन प्रधानमन्त्री ओलीबाट हुने

619SHARES

१६ बैशाख, काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्ने भर्न शुरु गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार संयुक्त रुपमा पानी भर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

भौतिक पूर्वाधार नेम्बाङ र सञ्चारमन्त्री गुरुङले संयुक्तरुपमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गरेका छन् ।

त्यसैगरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गरे । देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद भएको मन्त्री पार्वत गुरुङले बताएका छन् ।

लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गरेका छन् । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाबाट उत्पादन हुने विधुतको औपचारिक स्पमा उद्धान गर्ने छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण