NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म मङ्लबार पुस १ , २०८२
विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ? मङ्लबार पुस १ , २०८२
जाँचबुझ आयोगमा प्रधानसेनापतिको आधा घण्टा बयान, के भने ? मङ्लबार पुस १ , २०८२
Next
Prev

समाचार

माधव नेताले भने, ‘कार्यकर्तालाई बीचैमा अलपत्र पार्दिन’

मङ्लबार चैत्र २४ , २०७७
Reading Time: 1 min read
A A
माधव नेताले भने, ‘कार्यकर्तालाई बीचैमा अलपत्र पार्दिन’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ चैत, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए ।

आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए । एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पु¥याई छाडने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने ‘भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरुलाई छाडने छैनौं । तपाईहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् ।

त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए ।

उनले भने ‘हामीले संयुक्त जनमोर्चासँग कुरा ग¥यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन बैद्यजीहरुको समूहसँग कुरा ग¥यौं उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदी हाम्रो पार्टी अगाडी बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा ग¥यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि बताए । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको बताए । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताए ।

उनले भने ‘कहिलेकाहिं भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दाखेरी माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने, हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो की थिएन ? मै हुँ त्यो आवाज उठाउने । दुईवटाको चोचोमोचो मानिदैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरुपार्टी सँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नु पर्दैन । देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो की, संविधान नै समाप्त पारिदिने हो की, संघीयता नै निलिदिने हो की समावेसिता नै समाप्त पार्ने हो की गणतन्त्र नै खाइदिने हो की, ४७ सालको संविधान व्युताउने हो की, देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो की, अनि धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पु¥याईदिने हो की यावत कुराहरुमा मान्छेले गहिरो गरी वाच गरिरहेका छन् ।’

केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए । आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन की भन्ने भ्रम केपी ओलीमा रहेको पनि उनले बताए । अहिले प्रतिनिधि सभा व्युतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दैं हिंडिरहेको पनि बताए ।

उनले भने ‘जब केपी ओलीले आफ्नो वास्तविक स्वरुप देखाउनुभयो र अहिले आएर पार्टीको स्थापना गर्ने हामी जस्ता नेतालाई छ महिनाको लागि उहाँले निलम्बन भनेर घोषणा गर्नुभयो । मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो । भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ब्राइकेटमा के पनि लेखिदिएको छ भने की तपाईहरु प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ हाललाई हटाएको छैन । डरले थरथर काम्छन की घोडा टेक्छन की समर्पण गर्छन की मेरो पद जोगाईदेउ भन्छन की भनेर लेखेको होला । त्यो पद त उहिले गइसकेको थियो । उहीले भङ्ग गरेको होइन प्रतिनिधि सभा । प्रतिनिधि सभा त केपीले नचाहँदानचाहँदै पनि सर्वोच्च अदालतले व्युताइदिएको हुनाले केही महिनासम्म बसेका छौं । सँधै सुनेका छौं अब चुनाव छिटो हुन्छ । केपी ओली ले नै चुनाव गराउँछन अब हेर्न बाँकी नै छ ।’

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिला देखि नै सताउँदै आएको पनि बताए । २०५१ साल देखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिंडेको स्पष्ट देखिएको पनि उनले बताए ।

अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडी नसकेको पनि नेता नेपालले बताए । केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे । ओलीसँग आफूहरुको विचारमा विवाद भएको पनि बताए ।

आफूहरु सामूहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको पनि नेता नेपालले बताए ।

लोकप्रीय

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२

विचार

थप समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म
ताजा समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?
अन्तर्राष्ट्रिय

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक
ताजा समाचार

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?
ताजा समाचार

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

मङ्लबार पुस १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.