माधव नेपाल भन्छन्, ‘एमालेमा खिया लागेको छ’

७ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास आफुहरुले गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाण्डौमा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले ३ बर्षदेखि पार्टीमा खिला लागेको र आफुहरुले खिया फाल्ने प्रयास गरिरहेको बताएका हुन ।

पूर्ववत रुपमा रहेका पार्टीका सवै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भईरहेको उनले स्पष्ट पारे ।

Advertisement

उनले भने “३ बर्षसम्म सबै तिर काईलागेको थियो खिया लागेको । खियालाई हामी विस्तारै हटाउदैछौ । काईलाई हटाउदै छौ । खिया हटाउदैछौ । फेरी हामी दाँत माझ्दैछौ । अब फेरी ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहीत बनाउदैछौ । झण्डै झण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई तुतपेष्टले क्लीयर पारेर सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? माक्र्सवादको विचार हो । जसरी शरिरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ”

उनले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वाेच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गरे ।

Advertisement

उनले भने “सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाएको भएतापनि त्यो चाही हामी मान्दैनौ तिमीहरु प्ुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ । यो जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ भने जस्तै फैसला हो । बच्चा जन्मिईसकेको छ । नयाँ संगठन अस्तित्वमा आईसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भएतापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौ भन्न मिलेन । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्न्ने । त्यो फैसलामा बहस फैसला त गर्दैगरौला तर हामी निर्णय मान्न बाध्य छौ । ”

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उनले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गरे ।

उनले भने “पुर्व एमाले व्युँतनुको अर्थ के हो भने ? पुर्व एमालेमा केपी ओली पनि आउनुपर्यो । हामी पनि त्यही ठाउँमा पुग्न पर्यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुपर्यो । पुर्व एमाले व्युँतनु भनेको पुरानो संगठन फेरी व्युँताउने हो । आज पार्टी भित्र विवाद भईरहेको कुरा त्यही छ । पुर्व एमाले व्युँतिईसकेपछि कहिले कहाँ कुन मितिमा सुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न । ”

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उनले किसान संघ, उत्पिडीत समुदाय लगायतको राष्ट्रियभेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताए । उनले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफुहरु एकताबद्ध भएर अघि बढ्ने बताए । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने “हामी सानो चित्तका छैनौ । मन सानो छैन । चित्त सानो छैन । सबैलाई समावेश गर्ने गरि हामी जानेछौ । त्यसैले धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्नुहोस् ।”

पार्टीको अवस्था देखेर झोक््रयाएर नबस्न उहाँले युवाहरुलाई निर्देशन दिए । उनले नयाँ उत्साह र जोशका बैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top