मानव अधिकार आयोगको नियुक्तिबारे सरकारले आजै राष्ट्रसंघलाई जवाफ पठाउने

२४ चैत, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्ति प्रक्रिया संवैधानिक भएको जिकिर गर्दै सरकारले आजै राष्ट्रसंघलाई जवाफ पठाउने भएको छ ।

प्रधानमन्त्री कार्यालयले तयार पारेको जवाफ मानव अधिकार आयोग पुगेको र आजै उक्त जवपाफलाई राष्ट्र संघमा पठाइने स्रोतले बतायो।

आयोगमा सरकारले गरेको नियुक्तिप्रति चासो राख्‍दै राष्ट्रिय मानव अधिकार संस्थाहरुको विश्वव्यापी सञ्जाल (गाङही)ले पठाएको थियो।

Advertisement

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले गाङ्हीको सचिवालयको रुपमा काम गर्छ ।

नेपालले मानव अधिकारको क्षेत्रमा एक दशकयता प्राप्त गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय जगतले प्रशंसा गर्दै आएको थियो ।

Advertisement

नेपालको मानव अधिकार आयोग अन्तर्राष्ट्रिय रूपमै एक स्वतन्त्र र स्वायत्त आयोगको रूपमा परिचित छ, त्यसैले अन्तर्राष्ट्रिय ‘ग्रेडिङ’ मा आयोग ‘ए’ श्रेणीमा छ ।

पेरिस सिद्धान्त अनुसार ग्लोबल एलाइन्स अफ ह्युमन राइट्स इन्ष्टिच्युसनले संसारभरिका मानव अधिकार आयोगको ‘ग्रेडिङ’ गर्ने गर्दछ जसमा राष्ट्रिय मानव अधिकार आयोग केही वर्षयता खरो रूपमा उत्रँदै आएको छ ।

मानव अधिकारको क्षेत्रमा गरेको प्रगतिकै कारण सन् २०२० को अक्टोबरमा नेपाल मानव अधिकार परिषद्को सदस्यमा दोस्रो कार्यकाल (२०२१–२०२३) का लागि निर्वाचित भएको छ ।

यस अगाडि सन् २०१८ मा दुईवर्षे कार्यकालका लागि सदस्यमा निर्वाचित भएको थियो । परिषद्मा निर्वाचित हुन नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गरेका मुख्य एजेण्डा स्वायत्त र स्वतन्त्र मानव अधिकार आयोग पनि हो ।

तर, सरकारले मानव अधिकार आयोग ऐनमा गर्न खोजेको संशोधनले धेरैको ध्यान खिचेको थियो।

यसअघि मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनामा कारबाहीका लागि सरकारलाई सिफारिश गर्न सक्ने व्यवस्था रहेकोमा त्यसमा महान्यायाधिवक्ताको राय जरूरी पर्ने व्यवस्था थप गर्न खोजेपछि सरकार मानव अधिकार आयोगको स्वायत्ततामा हस्तक्षेप गर्न चाहन्छ भन्ने सन्देश गएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top