मानव अधिकार सञ्जालको अध्यक्षमा विराटनगरका घिमिरे चयन

विराटनगर,भदौ २३
मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवर्दनकालागि प्रदेश नं. १ मा कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको मानव अधिकार सञ्जालको अध्यक्षमा डिकप्रसाद घिमिरे चयन भएका छन् ।

सञ्जालको बैठकले एम्नेस्टि इन्टरनेश्नल नेपालका पूर्व महासचिवको रुपमा काम गरिरहेका घिमिरेको नेतृत्वमा कमिटि चयन गरेको हो ।सामाजिक संघसंस्था र मानव अधिकारको क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिहरु प्रति लागिरहेको आरोप र आक्षेपहरुलाई कम गर्न नयाँ योजनाका साथ काम गर्ने अध्यक्ष घिमिरेले बताए ।

उनले भने, ‘केही भ्रमहरु छन् त्यसलाई चिर्दै रचनात्मक काम गर्ने संघसंस्थाहरुलाई राज्यको असल साझेदारको रुपमा काम गर्ने प्रेरित गर्नेछु ।’अध्यक्ष घिमिरेले सरोकारवाला र अधिकारवालाको बीचमा पुलको काम गर्न सञ्जालले निर्वाह गरिरहेको भूमिकालाई थप परिस्कृत गर्दै प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।

Advertisement

अध्यक्ष घिमिरे गैसस महासंघ नेपाल एक नम्बर प्रदेश समितिका सदस्यसमेत छन् ।स्थापना अवधिदेखि हालसम्म करिब १३ वर्ष विराटनगरका सोमराज थापाले सञ्जालको नेतृत्व गरेका थिए । यसपालि भने सञ्जालले नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

सम्बन्धित समाचार

Scroll to Top