मानसिक अवस्था ठिक नभएकी महिलामा कोरोना, कन्ट्याक्ट ट्रेसिङमा समस्या

२७ जेठ ७७, मंगलबार
Share this
749shares

२७ जेष्ठ, धादिङ ।
धादिङमा एक बेवारिसे महिलासहित १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

गजुरी गाउँपालिका–५ घाटबेसी क्षेत्रमा एक महिनादेखि बेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य संयोजक डा।रामहरी रेग्मीले जानकारी दिए ।

बेवारिसे अवस्थामा भेटिएपछि नियमित खाना खुवाउने लगायतका कार्य गर्ने समेतलाई पीसीआर जाँच गर्नका लागि गाउँपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु पठाएको छ। सडकमा डुलिहिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो ।

Advertisement

परीक्षणपछि कोरोनाको लक्षण देखिएकोले उनीसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या भएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोगसमेत भएको आशंका गरिएको छ ।

महिला आफैँमा बोल्दा अगाडिको कुराहरु सम्झेर बोल्न र कुरा गर्नसक्ने हालतमा नभएकोले कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब जेठ २१ गते संकलन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top