मापदण्डअनुरुप नपाइएका ९ उद्योगमाथि कारबाही

७ कात्तिक ७७, शनिबार

७ कात्तिक, कैलाली ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ ।

दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका चार गरी नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । जसमा कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड बेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग टीकापुर रहेको उनले बताए ।

Advertisement

कञ्चनपुरका प्रशोधित पानी उद्योगहरुमा डेली ड्रिङ्किङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास, कौशल कञ्चन मिनरल्स झलारी, ब्लू बर्ड वाटर ट्रिटमेन्ट एन्ड सप्लायर्स भीमदत्त र शिवशङ्कर वाटर एन्ड मल्टी प्रोडक्सन भासी रहेका छन् ।

कैलालीको कैलाली वाटर इन्डष्ट्रिज धनगढी र कञ्चनपुरको डेली ड्रिङकिङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास प्रशोधित पानी उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरे सम्मका लागि सिलबन्दीसहित उत्पादन रोक्का राखिएको र अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालको भनाइ छ ।

Advertisement

त्यसैगरी, कैलाली र कञ्चनपुरका अन्य प्रशोधित पानी उद्योग र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा उक्त मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएको र यदि अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने बताइएको छ ।

बजार, मिठाई पसल तथा होटल अनुगमन

कैलालीको धनगढी, अत्तरिया, सुखड, टीकापुर र चिसापानीमा रहेका खाद्य, मिठाई पसल तथा होटलहरुको अनुगमन गरिएको छ । “अनुगमनका क्रममा धेरैजसो पसलमा म्याद गुज्रेको खाद्यपदार्थ (बेकरीजन्य, चिसो पेयपदार्थ) पाइएकामा उक्त खाद्यपदार्थ जफत गरिएको छ”, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले भने, “कतिपय सिलबन्दी खाद्यमा लेबल नराखेको र कतिपयको लेबलमा उत्पादन मिति र उपभोग्य मिति स्पष्ट उल्लेख नगरिएको चामल, मैदा, दालजन्य पाइयो ।”

त्यस्तै, बजार अनुगमनबाट कतिपय उद्योगहरुले मापदण्डअनुरुप काम नगरेको पाइएकाले त्यस्ता उद्योगहरुलाई उक्त मापदण्ड सुधार गर्न निर्देशन दिइएको उनले बताए ।

खाद्य पसलहरुले आफ्नो पसलमा लेबल नभएको र म्याद गुजे्रको खाद्य पदार्थबारे विचार नगरेकामा अबदेखि सुधार गर्न निर्देशन दिइएको र कतिपय मिठाई पसल र होटेलले असल स्वच्छता अभ्यासको मापदण्ड पूरा नगरेको पाइएकामा सो सुधार गर्न निर्देशन दिइएको बताइएको छ ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा संयुक्त अनुगमन समितिबाट बजार अनुगमन गरिएको छ । अनुगमनमा खाद्य किराना मिठाई, हल्का पेय तथा अल्कोहलिक पेयपदार्थहरु, तरकारी पसल, मासु पसलहरु लगायतको अनुगमन गरी केही म्याद गुज्रेका (हल्का पेय, चिया) ढुसी परेको बदाम र ढुसी परेको नरिवल खुल्ला खाद्यपदार्थ जफत गरिएको छ । स्वच्छता मापदण्ड विपरीत सञ्चालित मासु पसलहरुलाई स्वच्छता सुधारका लागि निर्देशन दिइएको बताइएको छ ।

नुनको गुणस्तर अनुगमन सम्बन्धमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आयोडिनयुक्त नुन आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने गरेको नुनको आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नुनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरिएको जनाइएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top