×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

६ कार्तिक २०७७

६ कात्तिक, मकवानपुर ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

Advertisement
Advertisement

काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षिय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो ।दाहालले भने, ‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

Advertisement
Advertisement

मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् । मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top