मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान

१९ भदौ ७८, आइतबार

२० भदौ, जनकपुर ।

प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’प्रति छात्राहरूको आकर्षण बढ्दै गएको छ ।

सो अभियान अहिले चौथो वर्षमा चलिरहेको छ । यो अभियानअन्तर्गत हालसम्म तीन हजार एक सय छात्रालाई साइकल वितरण तथा छ हजार छोरीको बीमा गरिएको छ ।

Advertisement

कुल ४५० जना छात्रा लोकसेवा तयारी कक्षामा सहभागी भएका छन । अभियानका संयोजक प्रियङ्का यादवले प्रदेशका आठवटै जिल्लाका गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्वोत्कृष्ट प्राप्ताङ्क हासिल गरेका २८ छात्रालाई छात्रवृत्ति प्रदान गरिएको र सामुदायिक विद्यालयमा १०१ वटा छात्रामैत्री शौचालय बनाइएको बताए ।

कक्षा ८ का छात्रालाई साइकल वितरण, जन्मेको छोरीको निःशुल्क बीमा, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा सञ्चालन, सन्देशमूलक होर्डिङ बोर्ड, एसईईमा उत्कृष्टलाई छात्रवृत्ति, सडक नाटकसम्मका कार्यक्रम यस अभियानअन्तर्गत सञ्चालन गरिएको छ ।

Advertisement

अभियानका कतिपय कार्यक्रममा थपघट गरिए पनि साइकल वितरण र छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । साइकल वितरण कार्यले छात्रामा शिक्षाप्रतिको आकर्षण बढेको छ ।

छोरीलाई शैक्षिक, आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

यस अभियानमा छात्राहरूको आकर्षण बढे पनि लक्षित सबैसम्म अझै यो पुग्न सकेको छैन । अभियान चौथो वर्षमा प्रवेश गर्दा प्रदेशभरका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल वितरण गर्न सकिएको छैन ।

नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव परशुराम यादवले प्रदेशमा कक्षा (१–१२)सम्म कुल एक लाख ४२ हजार २२४ छात्रा अध्ययनरत रहेकोमा कक्षा ६–८ मा अध्ययनरत ३९३ विद्यालयका औसतमा ५० जनाका दरले १० हजार चार सय छात्राले साइकल पाउने पालोमा रहेको बताए ।

कक्षा ८ मा साइकल नपाएका र हाल कक्षा ९ मा पुगेका छात्राहरूको सङ्ख्या पनि उल्लेख्य छन । यस अभियानले छोरीहरूमा उत्साह बढेको दाबी गर्दै उनले भने, “साइकल वितरणले मात्र छोरीहरू शिक्षित र उनीहरूको उत्थान हुँदैन । उनीहरूलाई शैक्षिक सामग्री, थप निःशुल्क ट्युसन, आर्थिक रूपमा सबल, प्रविधिमैत्री बनाउनु आवश्यक छ ।”

अभियानको सुरुमा जन्मिएका छोरीलाई एक लाख रुपियाँको निःशुल्क बीमा गरिएको थियो । २०७६ फागुनदेखि रकम वृद्धि गरी बीमाका लागि तीन लाख रुपियाँ पु¥याइएको छ । अभियानका संयोजक यादवले भने, “बैङ्कसँगको सम्झौता म्याद सकिएका कारण गत वर्षदेखि बीमा कार्यक्रम प्रभावित भएको छ ।”

बीमाका लागि मुख्यमन्त्री कार्यालयले तीन÷तीन पटकसम्म टेन्डर गर्दा पनि बैङ्कहरूको उच्च प्रिमियमका कारण अहिलेसम्म सम्झौता नभएको जनाइएको छ । उनले बैङ्कसँग सम्झौता भएपछि बीमा कार्य रोकिएकोे मितियता जन्मिएका सम्पूर्ण छोरीको बीमा गरिने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top