मुख्यमन्त्री शेरधन राईविरुद्व दर्ता भएको अंश मुद्दा फिर्ता

१ असोज, काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुव्र्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबीसहित दोलखाकी बालिका खड्काले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिएकी छन् । अंश माग गर्न कसैको दुरुत्साहनमा परी मुद्दा दायर गरेको भन्दै मुद्दाको पक्ष रहेकी बालिका खड्काले फिरादपत्र फिर्ता लिएकी हुन्।

खड्काले फिरादपत्रमा आफू राईकी पत्नी रहेको दाबीसहित नाता कायम गरी अंश माग गरेकी थिइन्। वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।

राईसँग अंश माग गर्न पतिपत्नीको नाता कायम भएको वा हुन सक्ने कुनै आधार प्रमाण नभएको तथा त्यस्तो कुनै सम्बन्धसमेत नरहेको दाबी खड्काको निवेदनमा छ। खड्काले आफू अरुको उक्साहटमा परेर मुद्दा हालेको बताउँदै निवेदनमा गल्ती स्वीकार गरेकी छन्। यसरी मुद्दा फिर्ता लिएपछि कतै उजुरबाजुर नलाग्ने कानुनी व्यवस्था छ।

Advertisement

मुख्यमन्त्री राईविरुद्ध मुद्दा लगाउने खड्का पनि नेकपाकै कार्यकर्ता हुन् । उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए । तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए । राईले खड्काविरुद्ध तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेपनि प्रहरीले यसबारे छानविन प्रक्रिया अघि नबढाएको गुनासो राईको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top