मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर : प्रधानमन्त्री ओली

२५ साउन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।

नेपालको संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

साथै, सरकारको यस उद्देश्यलाई सफल पान आ–आफ्नो ठाउँबाट सक्रिय रहन उनले सबैमा आह्वानसमेत गरेका छन् । प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ– ‘यस्तो बेला विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाल लगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको छ, विश्वसामु खडा भएको यस चुनौतीको सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ ।’

Advertisement

उनले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गरेका छन् ।

संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ । आदिवासी जनजातिका हक, अधिकार लगायत कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिको संवद्र्धनको आवाज बुलन्द गर्दै अगस्ट ९ का दिनलाई संसारका आदिवासी जनजातिले पर्वकै रूपमा यो दिवस मनाउने गर्छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top