मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्छु : प्रधानमन्त्री ओली

१५ फागुन, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन् । बाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भएपनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए । ‘पार्टीका विभिन्न कमिटिमा बसेका छन् । वभिन्न कमिटिबाट सञ्चालित छन् । विभिन्न कमिटिका नेताहरु छन् । लेख्ने बेलामा, छाप्ने बेलामा पार्टीका विरुद्ध खोइरो खनेर छापेका छन् । त्यो कुनै महान काम होइन् । त्यस्ता कुरा पार्टीले समयक्रममा मुल्याङ्कन गर्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताए । ‘त्यहाँ विजुली पुगेको लेख्दैनन् । त्यहाँ पानी पुगेको लेख्दैनन् । त्यहाँ पुस्ताँैदेखि मान्छे काकाकुल बनेको थिए त्यो लेख्दैनन् । पानीको धारा घरघरमा खसेको देखेर दिदीबहिनीहरु नाचे त्यसमा चिन्ता छ । वारी पट्टी मेरो घर छ । मेरो जन्म थलो । धेरै वर्ष पछि म पुगे आफ्नो । गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाँजागाँजा सहित बाटो सिलान्यास गराए । म पुग्दा पानी, विजुली, बैंकको शाखा लिएर गए । सुखी मनाउनु स्वभविक हो । त्यो दुर्गम ठाउँमा १० औं हजार मान्छेले उत्सव मनाए पत्रकारहरु धुरुधुरु रोए ।’

Advertisement

प्रधानमन्त्री ओलीले मान्छेहरुले खुसी भएर केक, खाजा लगायतका परिकार लिएको उल्लेख गर्दै भने, ‘मान्छे खुसी भएर कसैले केक ल्याए कसैले खादा ल्याए कसैले के गरे । होइन म नेवार ज्वाई परे ऐँला मात्रै ल्याउ भन्नुभएन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रबाद खोजेको टिप्पणी गरेका छन् । ‘कांग्रेसले भारतले नाकाबन्दी गर्दा, नाकाबन्दी लगाउँदा ग्यास नहुँदा, चुलो नबल्दा आफै भोकै बस्दा समेतको स्थितिको कुरा गर्न समेत नसक्ने अहिले केकमा राष्ट्रवाद । कांग्रेस केक राष्ट्रवादी हो’, उनले भने, ‘नाकाबन्दी लागेको बेला बोलन नसक्ने, नाकाबन्दी बेठिक हो भन्न नसक्ने, नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने अहिले केक राष्ट्रवादी । केकमा देख्ने राष्ट्रवाद ।’

Advertisement

प्रधानमन्त्री अ‍ोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले आफु संसदबाट नभागेको बताए । बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भने, ‘संसदबाट भागेको होइन् । संसदमा २ तिहाइ ल्याएको संसदको नेता नेत हुँ म । भाग्ने कुरा हुन्छ ? नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागे भन्ने के शब्द बोल्या ?’

प्रधानमन्त्री अ‍ोलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्ने बताएका छन् । केही दिनपछि मृगौला प्रत्यारोपण गर्ने उल्ेलख गर्दै ओलीले भने, ‘किड्नी फेरेको ५ दिन अस्पताल बस्छु । छैटौँ दिनबाट काम गर्छु । विरामी को हुँदैन र । म पनि म पनि अलिअलि विारमी हुन्छु । विरामी भएका बेला पनि काम गर्ने बानी परेको छ । किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु ।’ उनले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top